ताजा समाचार

यो हो सबै इच्छा पुरा हुने सेक्स टुरिजमको लागि चर्चित ठाउँ

एजेन्सी । मानिसहरु विशेष गरी प्राकृतिक सौन्दर्य हेर्नको लागि तथा नयाँ ठाउँहरुको अनुभव लिनको लागि यात्रा गर्छन् । थाईल्याण्डमा एक यस्तो शहर छ जुन सेक्स टुरिज्मको नामले चिनिन्छ । किनकी यो शहर बेश्याबृत्तिको लागि निकै प्रख्यात छ । यस शहरको नाम हो, पाटाया ।

थाईल्याण्डमा २८ लाख भन्दा बढि यौनकर्मी रहेको अनुमान रहेको छ । जसमध्ये धेरै यौनकर्मी यसै शहरमा बस्ने गर्दछन् । यहा हरेक वर्ष ५ बिलियन डलर अर्थात ५ अर्ब डलरको सेक्स इकोनोमी रहेको अनुमान गरिन्छ । पाटायामा २५ वर्षदेखि काम गर्दै आएका एक व्यक्तिका अनुसार यो शहर यौनकर्मीको लागि मात्रै नभई अपराधको लागि पनि अड्डा बनेको छ ।

संसारका नामुक अपराधिहरु यसै शहरमा लुकेर बसेका छन् । जसलाई प्रहरीले छुन पनि सक्दैनन् । यो शहरमा प्रहरीहरु कुनै पनि एक्सन लिनबाट टाढै बस्न चाहन्छन् । यहाँ बेश्याबृत्तिको नाममा अन्य थुप्रै अपराधहरु पनि हुने गर्छन् ।

पैसा कमाउनको लागि यहाँ मानिसहरु जुनसुकै हदसम्म जान तयार छन् । यहाँ संसारका सबै ठाउँबाट आउने पर्यटकका कुनै पनि चाहना पुरा गरिन्छ । यस्तो यहाँ साना उमेरकालाई पनि यो कार्य धकेल्ने गरिन्छ । तथ्यांकका अनुसार यहाँ ४० हजार भन्दा बढि बालबालिका यौन कार्यमा संलग्न गराईएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org