ताजा समाचार

भारतीय विदेशमन्त्री बिहीबार नेपाल आउँदै, राष्ट्रपति भण्डारीसँग शुक्रबार भेट्ने

काठमाडौं, १७ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार भेटवार्ता गर्ने भएकी छन् । बिहीबार नेपाल भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउँसो १२ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

दुईबीचको भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगभग आधा घण्टा भेट गर्ने बताइएको छ ।

त्यस्तै विदेशमन्त्री स्वराज विशेष विमानबाट बिहीबार साँझ काठमाडौं विमानस्थलमा अवतरण गर्ने भएकी छन् । स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हनेछ ।उनका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने छन् ।

नेपालमा रहँदा उनी बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा रहने सम्भावना भए पनि फिक्स नभएको उच्च स्रोतले बताएको छ । नेपालमा रहँदा स्वराजले नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org