ताजा समाचार

यी हुन् भारतका सबैभन्दा गरिब मुख्यमन्त्री, जसको सम्पत्ति जम्मा ४ हजार

काठमाडौं, १८ माघ । मन्त्री भन्नेविक्तिकै करोडौंको सम्पत्तिका मालिक भन्ने बुझिन्छ । टन्नै जमिन भएको, घर, घडेरी, कार, बंगला इत्यादी सम्पत्ति जोड्न त मन्त्री नै हुनुपर्छ । यो आम नागरिकको धारणा हो । गरिबले मन्त्री बन्नै सक्दैन्, यो सोचाई पनि सबैको मनमा छ । तर भारतमा एक यस्ता मुख्यमन्त्री छन्, उनी चार पटक मुख्यमन्त्री भईसके ।

उनीसँग सम्पत्तिको नाममा जम्मा ३ हजार ९३० भारु नगद छ । त्रिपुराको चार पटक मुख्यमन्त्री भइसके उनी अब पाँचौं पटक मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, उनीसँग न जमिन छ न घर । उनीसँग ३ हजार ९३० भारु नगद छ । उनले कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह भत्ता ५ हजार बुझ्छन् ।

६९ वर्षीय नेतासँग १५२० भारु छ भने उनको बैंक एकाउन्टमा २ हजार ४१० भारु छ । उनको अरु कुनै बैंक बचत छैन । उनलाई भारतकै सबैभन्दा गरिब मुख्यमन्त्री मानिन्छ । उनकी पत्नी पांचाली भट्टाचार्य केन्द्र सरकारको अवकास प्राप्त कर्मचारी हुन् । उनीसँग २० हजार १४० भारु नगद छ भने १ लाख २४ हजार १०१ र ८६ हजार ४७३ भारु दुई फरक-फरक बैंकमा छ ।

उनको तीन फिक्स डिपोजिट २ लाख, ५ लाख र २.२५ लाख छ भने २० ग्राम गहना छ । उनको नाममा ८८८.३५ स्क्वायर फिट जमिन छ भने त्यहाँ निर्माण कार्यमा १५ लाख लगानी गरेकी छन् । यो जमिनको अहिलेको मूल्य २१ लाख भएको शंकरले आफ्नो मनोनयन पत्रमा उल्लेख गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org