ताजा समाचार

भारतले सीमा मिचेको बारेमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौं, १८ माघ । सर्वोच्च अदालतले सीमा मिचिएको बारे सरकारसँग जवाफ माग गरेको छ । भारतले वीगरञ्जमा नेपाली भूमि मिचेको भन्दै परेको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको हो । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सम्पूर्ण विवरणसहिथ १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकार र नापी विभागलाई आदेश दिएको छ ।

भारतीय पक्षले वीरगञ्ज नगरको छपकैयामा नेपाली सीमा मिचेर सीमा स्तम्भ गाडेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले ९ माघमा सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सरकारसँग जवाफ माग गरेपनि रिट निवेदनको माग अनुसार सीमा स्तम्भ गाड्ने काम रोक्न अन्तरिम आदेश दिएन ।

प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई दायर रिटमा सुगौली सन्धी र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगञ्ज मा.न.पा. १ छपकैया एरिया सिर्सैया खोलाधार तर्फको लगभग ३०० मिटर नेपालको जमिन मिची मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको दाबी गरिएको थियो । साथै सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org