ताजा समाचार

गर्भ बसेपछि बिहे गरौ भन्दा प्रेमिकाको हत्या, २३ वर्षीय प्रदीप पराजुली पक्राउ

गुल्मी, १८ माघ । गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेका छन् । बिहादी ८ ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीले गर्भ बसेपछि आफ्नी प्रेमिकाको हत्या गरेको खुलाशा भएको छ । बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा जैनिनी-२, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा प्रदीपले प्रेमिका कमलाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । ‘मृतक कमला र प्रदीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । विस्तारै सम्बन्ध बढ्दै गर्दा उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने, ‘गर्भ बसेपछि युवतीले विवाह गरौं भनेर पटकपटक कर गर्दा घटना भएको देखिन्छ ।’ बयानमा समेत पराजुलीले उक्त कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org