ताजा समाचार

अमेरिकामा पनि यस्तो छ कानूनः महिलाले ब्रा र पेन्टी नै लगाउन पाउँदैनन्

एजेन्सी । हाम्रो देश महिला अधिकारका सवालमा धेरै अगाडि छ । पुरातन सोचले जगडिएको हाम्रो जस्तो समाज पछिल्लो समय महिलाले आ आफ्ना विभिन्न अधिकारहरु प्राप्त गर्दै गईरहेका छन् । तर संसारमा यस्ता पनि देश छन, जसको बारेमा कुरा गर्दा तपाई अचम्ममा पर्नुहोला ।

अहिलेको दुनियामा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् । विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न त उनीहरुलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै ।

यति भनिसकेपछि महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडिएका कुनै देशहरुमा होला भन्ने लख काट्नुभयो होला । तर होइन । दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ ।

मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ ।महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ ।

अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ । सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org