नेपालकै राजाको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र भारत प्रस्थान, हेर्नुहोस् तीन तस्बीरमा विदाई
काठमाडौं, २२ माघ । दुई साता लामो भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत प्रस्थान गरेका छन्। उनलाई विदाइ गर्न समर्थकहरु राष्ट्रिय झण्डा र फूलमालासहित विमानस्थल पुगेका थिए। समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी पनि गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताए । उनले एक उदाहरण दिँदै भने, ‘हामीले प्रकृतिबाट पनि सिक्न सक्छौँ। रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै फेरिन्न।’
‘लोपोन्मुख’ भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्व राजा भारतको उडिसा गएका हुन्। बुधबार उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको छ। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।
त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्। सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ। ज्ञानेन्द्रले राजाहरुले मात्र गर्न पाउने गुह्य पूजा पनि त्यहाँ गर्ने कार्यक्रम रहेको छ।
Comments
अरु समाचार
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...