ताजा समाचार

अमेरिकााम यी २० वर्षीया युवतिले जन्माइन् २६ महिनामै ६ सन्तान

एजेन्सी, २३ माघ । अमेरिकामा एक २० वर्षीया युवतिले २६ महिनामै ६ सन्तानलाई जन्म दिएकी छन् । कन्सासकी २० वर्षीया दनेशा काउचा नाम गरेकी युवतिले २६ महिनामा ६ सन्तानलाई जन्म दिएकी हुन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र ३ पटक नै जुम्ल्याहा बच्चा जन्माइन् ।

पहिलोपटक सन् २०१४ को अप्रिलमा जुम्ल्याहा छोराहरु जन्माएकी उनले सन् २०१५ को २९ मे मा दोस्रो पटक जुम्ल्याहा छोरी पाइन् । दनेशाले गत जुन महिनामा फेरि जुम्ल्याहा छोरी जन्माईन् । यसरी २६ महिनाको अवधिमा ६ जना बच्चा जन्माएकी दनेशा चासोको पात्र बनेकी छन् ।

उनलाई र उनका सन्तानलाई अवलोकन गर्न आउनेहरुको भीड नै लाग्ने गर्छ । उनको कोखबाट पहिलोपटक जन्मिएका जुम्ल्याहामध्ये एक छोराको भने मृत्यु भइसकेको छ । अहिले उनको साथमा १ छोरा र पाँच छोरी जिवित नै छन् । दनेशाको प्रजनन क्षमता देखेर डाक्टरहरु पनि अचम्म भएको बताउँछन् । साथै उनले अरु सन्तान पनि जुम्ल्याहा जन्माउनसक्ने डाक्टरहरुको अनुमान छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org