ताजा समाचार

सुरु भयो भ्यालेन्टाइन सप्ताह, कुन डे कसरी मनाउँने ?

काठमाडौं, २४ माघ । प्रत्येक बर्षको फ्रेबुअरी १४ तारिखमा मनाईने भ्यालेन्टाइन डेको सप्ताह आजदेखि सुरु भएको छ । प्रेममा रमाउने स्वप्निल जोडीहरुलाई एक बर्ष पनि कम भएको जस्तो लाग्न सक्छ । प्रत्येक बर्षको फ्रेबुअरी १४ तारिखमा मनाईने भ्यालेन्टाइन डेको सप्ताह फ्रेबुअरी ७ देखि नै शुरु हुन्छ । यदी तपाईहरु पनि प्रेममा रमाउन चाहानुहुन्छ र आफ्नो प्रेमलाई अझ यादगार बनाउन चाहनुहुन्छ भने यो बर्षको भ्यालेन्टाइन डेलाई सप्ताहकै रुपमा मनाउन पनि सक्नुहुन्छ ।

फ्रेबुअरी ७, रोज डेः

यो दिनलाई भ्यालेन्टाइन सप्ताहमा रोज डेको रुपमा चिनिन्छ । प्रेमको प्रतिकको रुपमा रहेको गुलावको फुल प्रेमिकालाई दिएर प्रेमको प्रस्ताव राख्न सक्नुहुन्छ। यदी प्रेममै रहेको अवस्थामा हुनुहुन्छ भने गुलावको फुल दिएर प्रेमिकाको मन अझ जित्न पनि सक्नुहुन्छ ।

फ्रेबुअरी ८ प्रपोज डेः

अघिल्लो दिन दिएको गुलावको फुललाई तपाईले चाहेको प्रेमिकाले स्विकार गरिन् भने भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन तपाईले प्रेमको प्रस्ताव पनि राख्न सक्नुहुन्छ । यसलाई प्रपोज डे पनि भनिन्छ ।

फ्रेबुअरी ९, चकलेट डेः

भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन तपाईको प्रेमको प्रस्तावलाई स्विकार गरियो भने तेस्रो दिन तपाईले आफ्नो प्रेमिकालाई अझ खुशि बनाउन चकलेट दिएर मनाउन सक्नु हुन्छ । चकलेट प्रेमिकालाई मनपर्ने खानेकुरा हो भने यो खाएपछि मुखवाट मिठा मिठा कुराहरु आउने विश्वास रहेको छ ।

फ्रेबुअरी १०, टेड्डी डेः

चकलेट खाएर रमाएको प्रेमिकालाई भ्यालेन्टाइन सप्ताहको चौथो दिन तपाईले प्रेमको प्रतिक खेलौनाको रुपमा रहेको टेड्डी अर्थात् भालुको खेलौना दिन सक्नु हुन्छ । यो खेलौना निकै मुलायम हुने हुनाले तपाईको प्रेमिका तपाईको मायावाट निकै मोहित हुनेछिन् ।

फ्रेबुअरी ११, प्रोमिस डेः

गुलावको फुल दिनुभयो, प्रेमको प्रस्ताव राख्नु भयो, चकलेट खुवाउनु भयो, टेड्डी दिनु भयो तर तपाईले आफ्नो प्रेमलाई सधै दिगो राख्ने वाचा चाहि गर्नु भएन । हो यो कुरा प्रेमिकाले पनि खोज्ने हुनाले यो दिन तपाईले आफ्नो प्रेमलाई लामो समयसम्म कायम राख्छु भनेर वाचा गर्न सक्नुहुन्छ ।

फ्रेबुअरी १२, हग डेः

प्रेममा स्पर्शको पनि ठुलो महत्व राख्छ । यो विना प्रेम अधुुरो पनि हुन्छ । सबै कुरामा तपाई प्रति प्रेमिकाले विश्वास गरेपछि यो दिनमा उनलाई तपाईले अंगालोमा बाध्दा उनी झनै खुशि हुन सक्छिन् । पहिलो पटक गरेको हग जिवनभरनै अविश्मरणिय समेत हुन्छ ।

फ्रेबुअरी १३, किस डेः

तपाईको अंगालोमा प्रेमिका रमाएपछि त्यसको भोली पल्ट तपाईले किस अर्थात् चुम्बन पनि गर्न सक्नु हुन्छ । चुम्बन गर्दा दिलको कुरा सोझै दिलमा र्पुयाउन मद्धत गर्छ भनिन्छ । साथै यो दिन गरेको चुम्बनको महत्व जिवनभर अविश्मरणिय रुपमा समेत रहन्छ ।

फ्रेबुअरी १४, भ्यालेन्टाइन डेः

भ्यालेन्टाइनलाई सप्ताहको रुपमा मनाएपछि अन्तिम दिन भ्यालेन्टाइन डे आउछ । यो दिन तपाईहरु एक अर्काका लागि सच्चा प्रेमि प्रेमिकाको रुपमा देखिनु हुन्छ । समाज तपाईको माया देखेर अरु युवायुवती भुतुक्क हुने छ भने तपाईहरु आफैं एक अर्कामा रमाईरहनु हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org