ताजा समाचार

ललितपुरको टिकाथलीमा ‘भूत आतंक’ मच्चाउने २ जना प्रहरी फन्दामा

ललितपुर, २४ माघ । ललितपुरको टिकाथलीमा भूत काण्डको रहस्य पत्ता लागेको छ । प्रहरीले भूत आतंक मच्चाउनेमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। भुत काण्ड’ मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको छ ।

सातदोबाटो प्रहरी वृत्तका अनुसार घटनाको बारेमा दुई जनाको बयान लिईएको र थप अनुसन्धान भईरहेको छ । घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । उनीहरुलाई मंगलबार बेलुका प्रहरीले कार्यालयमा झिकाएको थियो ।

घटनाबारे मंगलबार बेलुका सोधपुछ गरेको प्रहरीले आज थप व्यक्तिहरुसँग सोधपुछको काम भईरहेको सिलवालले बताए । ‘आज बुधबार पनि हामीले घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग सोधपुछको क्रमलाई जारी राखेका छौँ । के भएको हो ? साँच्चिकै भूतले तर्साएको हो या होइन भन्ने बारे सोधपुछ भइरहेको छ ।’ सिलवालले भने ।

उनीहरुसँग बयान लिइसकेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा मुद्दा अघि बढ्ने सिलवालले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो । चर्चामा आउनका लागि उनीहरुले भूत आतंक मच्चाएको पुष्टि भइसकेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org