ताजा समाचार

बलात्कार काण्ड मिलाउने एसपीलाई जोगाउन विजय गच्छदारको दौडधूप

काठमाडौं, २४ माघ । बलात्कार घटनामा मिलापत्र गराएको आरोप लागेका निलम्बनमा परेका सुनसरीका एसपी बिद्यानन्दी माझीलाई जोगाउन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दबाब दिएका छन्। दबाबकै कारण गृह मन्त्रालयले निलम्बनको निर्णय गर्न सकेको छैन।

प्रारम्भिक छानबिनमा एसपी माझि र इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जिवी दाहालको मिलापत्रमा संलग्नता देखिएपछि निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले सिफारीस गरेको थियो। तर, गृहसचिव मोहनकृष्ण सापकोटाले दबाबका कारण निलम्बन गर्न सकेका छैनन्। ‘प्रधानमन्त्री कार्यालयबाटै नै फोन आएको छ,’ गृहका एक अधिकारीले भने।

गत पुस १६ गते इटहरीको रोयल लजमा साथीकै सहयोगमा एक किशोरीमाथि बलात्कार भएको थियो। जून घटना प्रहरीमा पुगेकोमा मिलापत्र गराइएको थियो। मिलापत्रमा एसपी नै सहयोग गरेको संघीय प्रहरी इकाई धरानका एसएसपी हरि पाल संयोजकत्वको छानबिनमा खुलेको थियो।

एसपी माझी उपप्रधानमन्त्री गच्छदारका आफन्त हुन्। उनले नै आफ्नो गृह जिल्लामा माझीको सरुवा गरेका थिए। निर्वाचनमा पनि माझीले गच्छदारलाई सहयोग गरेको भन्दै अन्य दलका उम्मेदवारहरुले एसपीको विरोध गरेका थिए। अहिले उनै गच्छदारले यस्तो गम्भीर घटनामामा मुछिएका माझीमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजेका छ।

बलात्कार घटनालाई मिलापत्र गराएको आरोपमा सुनसरीका एसपी र इन्सपेक्टरलाई निलम्बन प्रक्रिया अघि बढेको छ। प्रहरी प्रधान कार्यालयले सुनसरीका एसपी बिद्यानन्द माझि र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बनका लागि मंगलबार गृह मन्त्रालयमा पत्राचार गरेको हो।

गत पुस १६ गते इटहरीमा भएको एक बलात्कार घटनामा इप्रका इटहरीले जाहेरी नलिई मिलापत्र गराएको थियो। इप्रकामा इन्पेक्सर दाहालले एसपी माझिसँग आदेशमा मिलापत्र गराएका थिए। त्यसवापत लाखौं रुपैयाँको चलखेल भएको छानबिनमा खुलेपछि अनुसन्धान थालिएको थियो। छानबिनका क्रममा एसपी र इन्सपेक्टरले गम्भीर मुद्दामा नियतबश मिलापत्र गरेको खुलेपछि निलम्बन गर्न सिफारीस गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org