ताजा समाचार

प्रदेश ७ मा राष्ट्रिय सभा निर्वाचन सम्पन्न, २ सांसद्सँग कसैले पनि भोट मागेनन्

डोटी, २४ माघ । प्रदेश ७ अन्तर्गत राष्ट्रिय सभा सदस्यको लागि भएको मतदान सम्पन्न भएको छ । डोटीमा भएको मतदानमा ९९ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख तथा उप– प्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मात्रै मतदान गरेका छन् ।

राष्ट्रियसभा चुनावका लागि स्थानीय तहका १ सय ७६ र प्रदेशसभाका ५३ जना सदस्य गरी कुल २ सय २९ जना मतदाता रहेका थिए । कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसदले मतदान गरेका छैनन् । दुई जना सांसदले मतदान नगरेपछि जम्मा २ सय २७ मत खसेको छ ।

राजपाका प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ । आफ्नो पार्टीकातर्फबाट उम्मेदवार पनि नभएको र कुनै दलले भोट पनि नमागेको कारण आफूहरु मतदान गर्न नगएको राजपाका प्रदेश सांसद मालती रानाथारुले जानकारी दिईन् ।

७ नम्बर प्रदेशमा बुघबार सम्पन्न राष्ट्रियसभाको चुनावमा दुई पदका वाम तथा लोकतान्त्रिक गठबन्धनका ४ जना उम्मेदवार छन् । दलित तथा अपांग र अल्पसंख्यकतर्फका उम्मेदवारका बीच प्रतिस्पर्धा भएको हो । दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र एमालेका तर्फबाट चक्रप्रसाद स्नेही चुनावी प्रतिस्पर्धामा रहेका छन् । अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराका बीच प्रतिस्पर्धा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org