ताजा समाचार

प्रदेश ७ बाट राष्ट्रिय सभामा अल्पसंख्यक/अपाङ्ग र दलितबाट महेश महरा र चक्रप्रसाद स्नेही विजयी

डोटी, २४ माघ । प्रदेश ७ को राष्ट्रिय सभा सदस्यमा महेश महरा र चक्रप्रसाद स्नेही विजयी भएका छन् । डोटीमा आज सम्पन्न निर्वाचनमा अल्पसंख्यक/अपाङ्गबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महरा र दलितबाट एमालेका स्नेही विजयी भएका हुन् । महराले ३ हजार ७ सय ८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका छत्रराज जोशीले १ हजार ९ सय ८ मत प्राप्त गरे । त्यस्तै स्नेहीले ३ हजार ७ सय ८ मत प्राप्त गर्दै दलित कोटाबाट विजयी भए । उनका प्रतिद्धन्दी शेरिराम पार्कीले १ हजार ८ सय ९० मत प्राप्त गरे ।

सिलगढीको पदमपब्लिक माध्यामिक विद्यालयमा मतदान भएको थियो । प्रदेश ७ को चुनावमा स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेश सभाका सदस्य गरेर दुई सय २९ जना मतदाता थिए । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार समान १८ छ भने प्रदेश सभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।

सात नम्वरबाट तीन पुरुष र तीन महिला गरेर छ जना निर्विरोध भइसकेका छन । निर्विरोध हुनेमा पुरुषतर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी, नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । यस्तै महिला तर्फ एमालेका कमला ओली, ईन्दु कडरिया र नेपाली काँग्रेसका तारादेवी भट्ट रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org