ताजा समाचार

प्रदेश ७ को सभामुखका लागि एमालेले अर्जुनबहादुर थापालाई अघि सार्‍यो

डोटी, २६ माघ । प्रदेश ७ को सभामुखको लागि नेकपा एमालेले अर्जुनबहादुर थापालाई उम्मेदवार बनाएको छ । माघ २९ गते हुने सभामुख पदको निर्वाचनको लागि एमालेले बझाङका प्रदेश सांसद थापालाई उम्मेदवार बनाएको हो ।

एमालेले सभामुखको लागि थापालाई उम्मेदवार बनाएको एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलले जानकारी दिए । प्रदेश नम्बर ७ मा सभामुखको लागि शनिबार मनोनयनपत्र दाखिला र २९ गते चुनाव हुँदैछ । प्रदेश नम्बर ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका दुई जना सांसद रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org