ताजा समाचार

अब भूकम्पपीडितले दोस्रो किस्ता रकम चैत्र सम्म लिन पाउने लिन पाउने

काठमाडौं, २६ माघ । अब भूकम्पपीडितले दोस्रो किस्ताको रकम चैत्रसम्म लिनु पाउने भएका छन् । यसअघि पुष मसान्तमा सकिएको दोस्रो किस्ता लिने म्याद चैत्रसम्मलाई थपिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यसको समय तीन महिना थप गरेको हो। अब पहिलो किस्ता रकम लिएका र दोस्रो किस्ताका लागि मापदण्ड पुगेका निजी आवास पुनर्निर्माण गरिरहेका नागरिकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम लिइसक्नु पर्नेछ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org