ताजा समाचार

प्रदेश १ को एमाले दलको नेता शेरधन राई निर्वाचित, आचार्य २ मतले पराजित

बिराटनगर, २६ माघ । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा भीम आचार्यलाई दुई मतान्तरले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट आचार्य चुनावी प्रतिस्पर्धामा थिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थिए ।

प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org