ताजा समाचार

विश्व क्रिकेट लिग डिभिजन २ः नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित

काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन मात्र जोड्न सक्यो । नेपालका लागी शरद भेस्वाकरले २२ र दिपेन्द्रसिंह ऐरी २० रन बनाए । त्यस्तै दिलिप नाथ १९, कप्तान पारस खड्का १७ सोमपाल कामी १७, ज्ञानेन्द्र मल्ल ७ र आरिफ सेखले ६ रन बनाए ।

१ सय ३९ रनको लक्ष्य पच्छ्याएको ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । ओमानका लागी अक्विब ईलियस सुलेर्हीले ४६ रनको योगदान दिए । त्यस्तै जतेन्दर सिंहले २४, र कवर अलिले ११ रन बनाए । बैभव श्रीधरले ३७ र सुल्तान अहेमद अविजित १६ रन बनाए ।

नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको खेलमा सन्दिप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र बसन्त रेग्मीले १—१ विकेट लिए । यसअघि बिहीबार भएको खेलमा नेपालले नामिबियालाई १ विकेटले पारजित गरेको थियो । नामिबिया विरुद्धको खेलमा सन्दिप एक्लैले ४ विकेट लिएर म्यान अप दि म्याच भएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org