ताजा समाचार

७ थान हिराका गहनाका धनाढ्य रक्षामन्त्री प्रधानलाई राज्यकोषबाट किन चाहियो ५० लाख ?

काठमाडौं, २७ माघ । सरकारले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारको लागि ५० लाख रुपैयाँ दिने निर्णय गयो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले करौडौंका मालिक रहेका प्रधानलाई उपचारको लागि भन्दै राज्यकोषबाट ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो । जसको अहिले सर्वत्र विरोध भईरहेको छ ।

आफूलाई उपचारका लागि सो रकम चाहियो भन्दै उनले नै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । हालसम्म उनलाई कुनै गम्भीर रोग लागेको वा बिरामी परेको खबर बाहिर आएको छैन । तर, राज्यको ढुकुटीबाट ५० लाख रुपैयाँ बाँड्ने निर्णयले जनतामा भने निराशा छाएको छ ।

के प्रधान राज्यले खर्च तिरेर उपचार गराउनुपर्ने नेता हुन् ?

मन्त्री प्रधान पुख्र्यौली सम्पत्ति भएका कांग्रेस नेता हुन् । स्रोतका अनुसार उनीसँग करोडौँ सम्पत्ति छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उल्लेख सम्पत्ति विवरणमा उनीसँग ७ थान हिराजडित गहना भएको उल्लेख छ । त्यस्तै, २० तोला सुन र ७ केजी चादिँ भएको उल्लेख छ । काठमाडौंमा घर तथा घडेरी रहेका प्रधानले तर, पनि राज्यको ढुकुटीमाथि आँखा लगाएका छन् र उपचारका नाममा आधा करोड पाउने भएका छन् ।

सम्पत्ति विवरणमा प्रधानले काठमाडौंमा ४२५.०६ क्षेत्रफल जग्गा भएको उल्लेख गरेका छन् । तर, त्यसबाहेक अन्य विवरण खुलाइएको छैन । क्षेत्रफलमात्र उल्लेख गरेर जग्गाको विषयमा लुकाउन खोजेको जस्तो देखिन्छ । प्रधानमन्त्रीले धितोपत्र तथा शेयर, ऋणलगायतका अन्य सम्पत्ति विवरण भने उल्लेख गरेका छैनन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org