ताजा समाचार

बिहेमा जुत्ता लुकाएपछि दुहली पक्षका एक व्यक्तिलाई दुलाहले कुटीकुटी मारे

एजेन्सी, २८ माघ । बिहेमा बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् । र यसको लागि उनीहरु प्रतिक्षामा समेत बस्दछन् । तर, भारत उत्तर प्रदेशमा एउटा यस्तो घटना घटेको छ । जुन सुन्दा तपाई अबदेखि जुत्ता लुकाउन त सोच्न समेत सक्नुहुन्न होला ।

बदायूको विल्सी क्षेत्रमा विवाहका क्रममा जुत्ता चोरी भएपछि बेहुला र उसका साथी निकै निसाए । जसका कारण विवाहमा निकै ठूलो समस्या उत्पन्न भयो । बेहुला र उनका साथी मिलेर जुत्ता चोरी गरेको आशंकामा एक व्यक्तिलाई कुटेर हत्या गरे ।

दुलाहाका सालीहरुले जुत्ताको बदलामा रकमको माग गरेका थिए । प्रहरीले मृतक ४२ वर्षीय रामसरनकी पत्नीको उजुरीमा बेहुला र उनका चार साथी विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

प्रहरीका अनुसार विल्सी बासिन्दा सुरेन्द्र विवाहका लागि सुरजपुर गाउँमा जन्ती लिएर गएका थिए । गत बुधबार विवाहका लागि मण्डपमा बस्न जुत्ता खोले । जब विवाहको कार्यक्रम सकियो त्यसपछि उनले जुत्ता खोजे ।

जुत्ता नभएपछि बेहुला रिसाए । उसका साथीहरुले पनि हल्लाखल्ला शुरु गरे । जुत्ता राखेको स्थानमा उभिएका रामसरन माथि जुत्ता चोरिको आरोप लगाए र कुटपिट गरे । कुटपिटका कारण उनको मृत्यु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org