ताजा समाचार

नवराज सिलवालको किर्ते काण्डमा मुछिएका एसएसपी पोखरेल परिसरमा, धानुकको सरुवा

काठमाडौं, २८ माघ । काठमाडौंका एसएसपीको सरुवा गरिएको छ । कार्यक्षमतामा कमजोर भएको भन्दै गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकको सरुवा गरेको हो । एसएसपी धानुकलाई हटाएर गृह मन्त्रालयले विश्वराज पोखरेललाई काठमाडौं परिसरको प्रमुख बनाएको छ।

एसएसपी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसएसपी हेरफेर गरेको हो। महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले काठमाडौं परिसरका एसएसपी हेरफेर भएको पुष्टि गरे। सरुवा हुने सूचना पाएपछि एसएसपी धानुक आइतबारदेखि १० दिन बिदामा थिए।

कमजोर चेन अफ कमाण्डका कारण काठमाडौंमा कार्यरत प्रहरीहरु बारम्बार घुससहित पक्राउ पर्दै आएका थिए। दरबारमार्गको सामूहिक बलात्कार काण्डको बारेमा पहिले नै एसएसपी धानुकलाई थाहा हुँदाहुँदै पनि उनले लुकाउन खोजेको छानबिनमा खुलेको थियो। त्यस्तै एमाले सांसद तथा पूर्व डिआईजी नवराज सिलवालको कीर्ते मुद्दा अनुसन्धानमा सूचना चुहाएर अभियुक्त भगाएकाले उनलाई हटाइएको प्रहरी मुख्यालयका एक अधिकारीले बताए । कार्यक्षमतामा कमजोर भएको बताएपनि मुख्य कारण भने नवराज सिलवाललाई पक्रा गर्न नसकेको भन्ने रहेको प्रहरीले स्रोतको भनाई छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org