महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन ९ गतेदेखि धनगढीमा हुने
धनगढी, १ फागुन । फागुन ९ गतेदेखि धनगढीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा पहिलो पटक हुन लागेको हो । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तीव्र पारिएको छ ।
फागुन ९ देखि १४ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि मूल समिति गठन गरेर काम अगाडि बढाइएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख तथा उप–विजेता २ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ् द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरष्कार वितरण गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत...
-
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।...
-
एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर...
-
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले...
-
महिला यू-१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार...
-
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। ...
-
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क...
-
सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
काठमाडौं । सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’...