डिभिजन टूः नामिबिया दोस्रो स्थानमा उक्लियो, नेपालले क्यानडालाई हराउनैपर्ने
काठमाडौं, १ फागुन । नामिबिया आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो स्थानमा उक्लिएको छ। आज भएको खेलमा केन्यालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली नामिबिया दोस्रो स्थानमा उक्लिएको हो ।
नामिबियाले १११ रनको लक्ष्य १६ ओभरमा २ विकेट पूरा गर्दै नेपाललाई रनरेटमा पछि पारेको छ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ।
नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएईसँग खेल्नेछ। अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ। हारले नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी छ।
नेपाल क्यानडासँग पराजित भएमा युएईले नामिबियालाई पराजित गर्नुपर्नेछ र यस्तो अवस्थामा नेपाल, युएई र नामिबियाको समान ६ अंक हुनेछ र राम्रो रनरेट हुने टिम शीर्ष दुईमा पर्नेछ। अहिले नेपालको रनरेट अन्य टिमको भन्दा कम भएकाले नेपालले क्यानडालाई अन्तिम लिग खेलमा हराउनैपर्ने दबाब बढेको छ।
डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन्। लगातार चार हारपछि अंकविहिन रहेको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ।
अब अन्तिम खेलमा ४ खेलबाट २ अंक मात्र रहेको ओमान पाँचौ स्थानमा छ। अन्तिम खेलमा नामिबियाले युएईलाई ठूलो अन्तरमा हराउने र ओमानले पनि केन्यालाई ठूलो अन्तरले पराजित गर्न सकेन ओमान डिभिजन टू मै रहनेछ अन्यथा डिभिजन थ्री मा झर्नेछ।
Comments
अरु समाचार
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...