ताजा समाचार

एमाले–माओवादी एकतामा बुधबार ब्रेक थ्रु हुने सम्भावना, एउटा विषयमा सहमति हुन बाँकी

काठमाडौं, १ फागुन । एमाले र माओवादीबीचको पार्टी एकताबारे बुधबार ब्रेक थ्रु हुने सम्भावना रहेको छ । पार्टी एकता संयोजन समितिको बैठक बस्दै पार्टी एकताबारे ब्रेक थ्रु हुने सम्भावना बढेको हो । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै वार्तामा लगभग सहमति भइसकेकाले सम्भवत पार्टी एकता बारे भोलि ठोस निर्णय हुने ओली र प्रचण्डको निजी सचिवालयले जनाएको छ । एक्लाएक्लै छलफलमा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको छ । तर सरकारको नेतृत्व गर्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।

यसबारे पार्टी एकता संयोजन समिति बैठकमा छलफल गरेर टुंगो लगाउने छ । बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे ठोस निर्णय गर्ने बताईएको छ । आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् । सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकताको विषयमा टुंगो लगाउने गरी गृहकार्य भईरहेको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org