डिभिजन टुः आज नेपाल क्यानडासँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव
काठमाडौं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडासँग भिड्दैछ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाव छ । खेल नेपाली समयअनुसार सवा १ बजे हुनेछ ।
पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।
अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६/६ अंक छ भने यूएईको चार अंक छ । आज नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।
यदि नेपाल क्यानडासँग हार्यो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६/६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएईमध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ । तर, तीन वटै खेलमा झिनो अन्तरले जितेको नेपालको रनरेट सबैभन्दा कम छ । यस्तो अवस्थामा नेपाललाई नेट रनरेटले साथ नदिनसक्छ । त्यसैले विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई जित्नै पर्ने हुन्छ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...