ताजा समाचार

प्रधानमन्त्री देउवाको राजीनामा निर्वाचन आयोगको हातमा, कहिले पुग्ला त राष्ट्रपति कहाँ ?

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीना कहिले आउने भन्ने कुरा निर्वाचन आयोगको हातमा रहेको छ । आयोगले निर्वाचनको परिणम राष्ट्रपति समक्ष पेश गर्ने विक्तिकै देउवाको राजीनामा आउने भएको हो ।

आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुधबार राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । यदि आयोगले आजै निर्वाचन परिणाम बुझाए देउवाले पनि राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाउनासाथ प्रधानमन्त्रीको राजीनामा आउँने कांग्रेस स्रोतको भनाई छ ।

‘निर्वाचन आयोगले बुधबार निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपतिसँग समय पनि माग गरिएको आयोगका एक पदाधिकारीले बताए । तर, तीन दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समय पनि आज अन्तिम भएकोले आयोग दलहरुबाट संशोधित नामावली आउने पर्खाइमा छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org