ताजा समाचार

गर्भावस्थामा र सुत्केरी महिलाले खानपानमा यसरी ध्यान दिनुहोस्

काठमाडौं, २ फागुन । गर्भावस्था महिलाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गर्भावस्था महिलाको लागि विशेष समय भएकाले ख्याल गर्नुपर्ने हुन्छ । गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे विशेष ध्यान दिन पनि गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनु आवश्यक छ । किनकि, गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्छ ।

छोटो समयमा धेरै पटक क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स, कार्बोहाइड्रेडलगायत पोषणतत्वयुक्त खानेकुराको सेवनले गर्भवतीलाई मात्र नभई गर्भमा रहेको शिशुको स्वास्थ्यलाई समेत स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले पनि गर्भवती अवस्थामा महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनु आवश्यक छः

-शरीरका लागि आवश्यक पर्ने शक्तिको पूर्तिका लागि पनि गर्भवती महिलाले दैनिक तीन सयदेखि चार सय हाराहारीमा क्यालोरीको सेवन गर्न आवश्यक छ । यस्तो क्यालोरी चामल, गहुँलगायत खाद्यान्नबाट प्राप्त हुन्छ । तर, त्यसो भन्दैमा आवश्यकताभन्दा बढी मात्रामा खानाको सेवन शरीरका लागि हानीकारक हुनसक्छ ।

-यस्तै, गर्भवती र सुत्केरीलाई प्रोटिन अत्यावश्यक हुन्छ । माछा, मासु, दूध, गेडागुडीलगायतबाट प्रोटिन प्राप्त गर्न सकिन्छ । यसले गर्भमा रहेको शिशुको शरीरका अंगहरु विकास गर्न मद्दत गर्नुका साथै गर्भवतीको गर्भासय, स्तन र गर्भको विकास गर्न मद्दत गर्छ । त्यसैले गर्भवतीले दिनमा डेढ सयदेखि दुई सय ग्रामसम्म प्रोटिनको सेवन आवश्यक हुन्छ ।

-यस्तै, गर्भमा रहेको शिशुको तौल बढाउन तथा हड्डीलाई मजबुती प्रदान गर्न गर्भवतीलाई क्याल्सियम, फोस्फोरस, भिटामिन लगायतको आवश्यकता पनि पर्छ । त्यसका लागि पर्याप्त मात्रामा दूध, दहीलगायत पोषण तत्वको सेवन जरुरी छ ।

-त्यति मात्र होइन, गर्भवतीलाई शिशुको विकासका लागि भिटामिन्सको जरुरी हुन्छ । दूध, दही, फलफूल र हरिया साजसब्जीबाट भिटामिन प्राप्त गर्न सकिन्छ । तर, त्यसका लागि हरिया सागसब्जी र फलफूललाई राम्ररी पखालेर सेवन गर्नुपर्छ । अन्यथा, त्यसमा प्रयोग भएका कीटनाशक औषधिले शिशुको स्वास्थ्यमा नकारात्मक र गम्भीर समस्या पैदा गर्न सक्छ ।

-यस्तै, शिशुको समग्र विकासका लागि गर्भवतीले घ्यू, तेललगायत बोसोयुक्त र आइरनयुक्त खानेकुराको पर्याप्त सेवन गर्न जरुरी छ । त्यसबाट गर्भको शिशुमा पर्याप्त रक्तप्रवाह गर्न मद्दत पुग्छ । त्यसबाट गर्भ तुहिने समस्या कम हुनुका साथै प्रसुतीको दौरान गर्भवतीको शरीरमा रगतको कमी हुने वा धेरै रगत बग्ने समस्याबाट समेत बचाउँछ ।

-दाल, पालुंगोलगायत सागसब्जी, मकै, भिण्डी, केरा, सुन्तला, स्ट्रबेरीलगायतबाट पर्याप्त मात्रामा आइरन पाउन सकिन्छ । त्यसका साथसाथै चिकित्सकले गर्भवती हुनेविक्तिकै आईरन चक्की पनि दिने गर्दछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org