ताजा समाचार

जाँदा जाँदै देउवाले भने, ‘म सबैभन्दा सफल प्रधानमन्त्री भए’

काठमाडौं, ३ फागुन । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले आफु सबैभन्दा सफल भएको बताएका छन् । गत जेठको मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले आफ्नो कार्यकाल निकै राम्रो रहेको बताएका हुन् ।

तीन वटा निर्वाचन सम्पन्न गराउनु सबैभन्दा चुनौतीका विषय रहेको भन्दै त्यो आफुले पुरा गरेको बताए । सम्बोधनकै क्रममा देउवाले स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा निर्वाचन सम्पन्न गरेर मजवुत लोकतान्त्रिक आधारशिला निर्माण भएको बताए । आफु प्रधानमन्त्री हुँदा निर्वाचन आचारसंहिताले विकास निर्माणको काम गर्न नसकिएको भन्दै तीन तहको निर्वाचन गराउनु सबैभन्दा ठूलो कुरा भएको बताए ।

आफ्नो नेतृत्वको सरकारले जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर केही निर्णयहरु भएको भन्दै ती निर्णयले आम नागरिकलाई फाईदा पुग्ने बताए । बृद्धभत्तालाई ७० बाट घटाइ ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई राज्यले भत्ता दिने गरेको निर्णयको बचाउँ गरेका छन् । जेष्ठ नागरिकमाथिको राज्यले गरेको सम्मान भन्दै उक्त निर्णयको बचाउँ गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org