विभिन्न पार्टीहरूको एकता अभियानको इतिहास
काठमाडौँ । नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषामा भन्ने हो भने नेकपा ‘एमाले’सँग एकताका लागि विगत पाँच वर्षदेखि घनिभूत छलफल भइरहेको थियो । र, त्यसैको परिणामस्वरूप दुई पार्टी एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी बनेको छ ।
कम्युनिस्ट आन्दोलनमा यो एकीकरणलाई निकै महत्वका साथ हेरिएको छ । हुन त कम्युनिस्ट पार्टीहरूको स्थापना र विभाजनको लामो फेहरिस्त छ । कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै विभिन्न धारमा विभाजित भएको देखिन्छ । रायमाझी धार, तुलसीलाल धार, मनमोहन धार, मोहनविक्रम धार, पुष्पलाल धार हुँदै एमाले धार र माओवादी धारको जन्म भएको हो ।
यी सबै धार एकअर्कामा विलीन हुँदै अहिले एमाले धार र माओवादी धारको मिलन भएको छ । २०३१ जेठ १४ मा झापा र मोरङका क्रान्तिकारीले एकताको निम्ति गरेको अपिल २०३२ मा को–अर्डिनेसन केन्द्रको गठन भएको थियो । वि.सं. २०३५ पुस ११ मा एक सम्मेलनबाट नेकपा ९माले० गठन भयो । २०४७ पुस २२ मा नेकपा ‘माले’ र नेकपा ‘माक्र्सवादी’बीच एकता भई नेकपा ‘एमाले’ निर्माण भयो । पछि त्यही एमालेमा मानन्धर समूहको एक हिस्सा, २०५० मा तुल्सीलाल समूह, २०५१ मा मसाल, एकताकेन्द्र पनि सामेल भएको थियो ।
एमालेमा विभिन्न समूह सामेल हुने प्रक्रिया चलिरहेकै बेला २०५४ मा आफैं विभाजित भयो । छुट्टै माले बन्यो । पछि २०५८ मा मालेले एमालेसँग एकता गरे पनि एउटा समूह यसमा आएन । यसरी विभिन्न धार र समूह मिलेर बनेको एमाले र माओवादी केन्द्रसँग एकता भएको छ । द्यबगिधबतबच )ःभभतष्लन
यता २०४७ मा नेकपा ‘मशाल’, चौ।म।, सर्वहारावादी श्रमिक सङ्गठन ‘रूपलाल’ र विद्रोही मसाल ‘बाबुराम’ मिली नेकपा ‘एकताकेन्द्र’ निर्माण भएको थियो । एकताकेन्द्रले ‘संयुक्त जनमोर्चा’को नामबाट २०४८ सालको चुनावमा भाग लियो । नौ सिटमा विजयी पनि भयो । तर, रिमको सदस्य भएकाले संसदीय राजनीतिको कार्यनीति परिवर्तन गर्न दबाब दिएको थियो । त्यसपछि २०४९ मा एकता महाधिवेशन गरी माओवाद सिद्धान्तलाई अङ्गीकार गर्दै जनयुद्धको नीति पारित ग¥यो । जनयुद्ध र जनसङ्घर्षमा मतान्तर भएपछि २०५१ मा निर्मल लामा समूह अलग भएर अर्को एकताकेन्द्र गठन भयो । त्यसपछि प्रचण्डहरूले बैठकबाट पार्टीको नाम परिवर्तन गरी नेकपा ‘माओवादी’ बनाउनुभयो र २०५२ साल फागुन १ बाट जनयुद्ध आरम्भ भयो । १० वर्षसम्म सशस्त्र सङ्घर्ष गरी २०६२÷६३ को जनआन्दोलन हुँदै गणतन्त्रसम्मको यात्रा माओवादी केन्द्रले तय गरेको छ । त्यसबीचमा एमालेबाट विभाजित भएका मालेबाट केही नेताहरू माओवादीमा प्रवेश भयो । २०६५ मा एनके प्रसाई नेतृत्वको नेकपा ‘मालेमा’ पनि सामेल भयो । २०६६ मा नारायणकाजी श्रेष्ठहरूको नेकपा ‘एकताकेन्द्र’ सँग एकता भई एकीकृत नेकपा ‘माओवादी’ बनाइयो । पछि मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, परी थापा, मातृका यादव लगायतका नेता अलग भई अलगअलग समूह बनाए ।
त्यसमध्ये मातृका यादव र मणि थापाले एकीकरण नै गर्नुभयो भने मोहन वैद्य र डा. बाबुराम भट्टराईको समूहबाट थुप्रै नेता माओवादीमा प्रवेश गरे र एमाओवादीबाट माओवादी केन्द्र बन्यो । अहिले आएर एमालेसँग एकीकरण गरी एउटै नेपाल कम्युनिस्ट पार्टी बनाइएको छ ।
भनिन्छ, माओवादी जनयुद्धमा हुँदादेखि माधवकुमार नेपाल, वामदेव गौतम, युवराज ज्ञवालीलगायत पार्टी एकीकरणका लागि प्रयास गरिरहेका थिए । तत्कालीन अवस्थामा भूमिगत रहनुभएका प्रचण्डलाई भेटेर पार्टी एकताका लागि प्रयास भएको थियो ।
दुई दलबीचको सम्बन्ध
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि तुलनात्मक हिसाबले यी दुई दलको बीचमा राम्रो सम्बन्ध देखिएको थिएन । गणतन्त्र स्थापनापछि एमालेको सहयोगमा प्रधानमन्त्री बन्ने अवसर माओवादी केन्द्रका प्रचण्डले पाउनुभएको थियो तर दुई दलको किचलो र रुकमाङ्गद कटवाल काण्डका कारण प्रचण्डले राजीनामा दिनुप¥यो । त्यसपछि एमालेले काँग्रेसको सहयोगमा सरकार बनायो र माओवादीलाई बाहिर राख्यो ।
तर, यी दुई दलबीच आन्तरिक यस्तो द्वन्द्व भयो वा माओवादीले एमालेका नेता झलनाथ खनाललाई प्रयोग गरेर सरकार ढाल्यो । र, झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनमा सहयोग ग¥यो तर त्यो सरकार पनि धेरै दिन टिकेन । माओवादीले झलनाथ खनाल नेतृत्वको सरकार ढाल्यो र तत्कालीन मधेसी मोर्चासँग मिलेर सरकार बनायो ।
तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको त्यो सरकारले संविधान नै निर्माण नगरी संविधानसभा विघटन ग¥यो । दलहरूको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार निर्माण बन्यो । रेग्मी नेतृत्वको सरकारले दोस्रो संविधानसभाको चुनाव गरायो । त्यो चुनावबाट नेपाली काँग्रेस सबभन्दा ठूलो दल बनेर आयो भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भयो ।
हार बेहोरेका कारण माओवादी आन्दोलनमा गयो । यता, एमाले र काँग्रेसले मिलेर सरकार बनायो । त्यो सरकारको विरुद्धमा माओवादी र मधेसवादी दलले मिलेर चर्को आन्दोलन ग¥यो । पछि काँग्रेस, एमाले र माओवादी मिलेर १६ बुँदे सम्झौता ग¥यो । १६ बुँदे सम्झौतापछि माओवादी पनि सरकारमा सहभागी भयो । संविधान निर्माण भएपछि एमालेले माओवादीको सहयोगमा सरकार निर्माण ग¥यो तर नौ महिना नबित्दै माओवादी सरकारबाट बाहिरियो र काँग्रेससँग मिलेर सरकार बनायो ।
माओवादी र काँग्रेसको संयुक्त सरकार रहेको बेला गत असोजमा अचानक वाम गठबन्धन र पार्टी एकताको खुलासा भयो । त्यो खुलासाले राजनीतिमा एक प्रकारले तरङ्ग नै ल्यायो । असोजमा सुरु भएको एकीकरण प्रक्रियाका कारण एमाले र माओवादी केन्द्र प्रतिनिधि र प्रदेशसभामा ६० र ४० को भागबन्डा गरेर चुनाव लडे र सोचेजस्तो नतिजा पनि ल्याए । चुनावमा जनतासँग गरेको वाचाअनुसार अहिले यी दुई दल एक भएर वामपन्थी सरकार बनाउने प्रक्रिया सुरु गरेका छन् ।
Comments
अरु समाचार
-
बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९ औं...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् । नेपाल प्रेस युनियन...
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : एमाले महासचिव पोखरेल
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाईसमाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाल...
-
शेखरले भने- एमालेसँगको सहकार्य तरबारको धारमा हिँडे जस्तै हो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भए देश अराजकतातिर जानसक्ने बताएका छन्...
-
विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने...
-
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र...
-
सर्वोच्चको आदेशः अब सरकारी कामकाज र दस्तावेजमा जनयुद्ध शब्द प्रयोग गर्न नपाइने
काठमाडौं । सर्बोच्च अदालतले संघीय सरकार र मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेखित ‘जनयुद्ध’ के कारणले असंवैधानिक हो भन्ने प्रष्ट...