ताजा समाचार

गर्भवती महिलाको मृत्यु : अस्पतालमा तनाव

सप्तरी, १७ फागुन । प्रसुती गराउन सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी अनिता यादवको मृत्यु भएको छ ।

उनी सप्तरी बिष्णुपुर गाउँपालिका (१, निवासी हुन् । २४ वर्षीय यादवलाई फागुन १५ गते अस्पताल भर्ना गरिएको थियो। राति नै व्यथा शुरु भएपनि स्वास्थ्यकर्मी र चिकित्सक नआउँदा उनको मृत्यु भएको उनका पति रमेशले दाबी गरेका छन् ।

अस्पतालमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा। दिलिप साह कार्यरत छन् । अस्पतालमा स्टाफ नर्सहरु भएपनि रातिको समयमा भोलेन्टियरहरु मात्र बस्ने गरेको गुनासो छ ।बिरामी र बच्चा दुवैको मृत्यु भएपछि ट्याक्टर र टेम्पोमा राजविराज आएका स्थानीयले अस्पताल घेराउ गरेका छन्।
अस्पताल प्रशासनले भने वार्ता र सहमति गरेर समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको छ

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org