ताजा समाचार

अन्डरवर्ल्डका डन दाउदका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ

 

२४ फागुन ।भारतको मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटना आरोपि अन्डरवर्ल्डका डन दाउद इब्राहिका सहयोगी फारुक टकला पक्राउ परेका छन् ।
उनलाई दुबईमा पक्राउ गरि बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई ल्याइएको हो

टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलेको थियो । त्यसयता फरार रहेका उनी २५ वर्षपछि पक्राउ गरेका हुन् ।

विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।

यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा फाँसी दिइएको थियो । अन्डरवर्ल्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org