दुर्घटनामा दुईको मृत्यु
नुवाकोट, २७ फागुन । आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो । बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ । सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । (रासस)
Comments
अरु समाचार
-
बराहक्षेत्रमा विवाह महोत्सव हुने
काठमाडौं । बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप...
-
भेडेटारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दो
काठमाडौं । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा...
-
स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला बिक्री
काठमाडौं । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका...
-
राजमार्ग छेउमा मकै पोलेरै जीविका
काठमाडौं । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला...
-
जनकपुरधाममा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही...
-
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
काठमाडौं । सोलुखुम्बुमा चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला...
-
‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन्। नेपाल बार एशोसिएसन...
-
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काठमाडौं । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः...
-
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
काठमाडौं । सोलुखुम्बुमा अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै...