ताजा समाचार

‘बोक्सीकाण्ड’का रमिते मेयरमाथि एमालेले कारवाही थाल्यो

काठमाडौं,२७ फागुन, । बोक्सीको आरोपमा एक महिलालाई दुर्व्यबहार  गरिरहेको बेला रमिते बनेर बसेको आरोपमा कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई नेकपा एमालेले कारवाहीको गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

गत बिहीबार घोडाघोडी नगरपालीकाकी युवती राधा चौधरीलाई झाँक्री रामबहादुर चौधरीले बोक्सीको आरोपलगाई कुटपिट गर्दापनि मेयर ममताप्रसाद चौधरी रमिते बनेर बसेको समाचार आएपछि एमालेले उनीसँग स्पष्टीकरण लिएको छ । प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद ले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ

तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको रावलले बताए ।

यसैवीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।

मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।

अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए ।

घटनामा दोषी जो भए पनि कारवाही गर्न आफूले जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि भनिसकेको रावलले बताए । उनले अनलाइनखबरसँग भने(मैले आजै पनि मेयर चौधरीसँग लामो कुराकानी गरेँ । उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रहरीले पनि मेयरले मान्छे छुटाएको कुरा अस्वीकार गरेको छ । तर, उनी विवादमा परिसकेकाले छानविन हुन्छ र दोषी भए कारवाही हुन्छ ।

जिल्ला इञ्चार्ज रावलले जघन्य घटनामा चौधरीको संलग्नता नभए पनि उनले मिडियामा दिएको प्रतिक्रिया संवेदनाहीन देखिएको बताए । यदि घटनाका बेला मेयर रमितेमात्र बनेको हो भने एमालेले दोषीलाई जोगाउने भूमिका नखेल्ने उनले बताए ।

गत विहीबार नारी दिवसका दिन झाँक्री रामबहादुर चौधरी र किस्मती चौधरीले स्थानीय छात्रा राधा चौधरीलाई बोक्सीको आरोपमा सयौं गाउँलेका अगाडि छ घण्टासम्म निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट अशक्त बनेकी राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाइते चौधरीको आँखा र शरीरभरि नीलडाम रहेको बताए । उनले आँखामा चोट देखिएका कारण उनलाई गेटा आँखा अस्पतालमा आँखा जाँचका लागि रेफर गरिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org