ताजा समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौं : कांग्रेस

काठमाडौं ,२७ फागुन। नेकपा एमालेले प्रधामन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।

विश्वासको मत दिन नेपाली कांग्रेस नकारात्मक भएपनि बाकी सबै दलले सकारात्मक जवाफ दिएको वार्तामा सहभागी एक नेताले बताएका छन् ।

एमालेका नेता सुवास नेम्वाङले आइतबार विहान कांग्रेससँग प्रधानमन्त्रीको विश्वासको मतबारे वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा नै बस्ने जनाउँदै विपक्षमा मतदान गर्ने जवाफ दिएको छ ।

नेम्वाङले नयाँ शक्तिसँग पनि छलफल गरे , प्रधानमन्त्रीप्रति आफूहरुको विश्वास रहेको तर मतदानको बेला सांसद डा.बाबुराम भट्टराई नेपालमा नहुने जानकारी नयाँ शक्ति पार्टीले गराएको छ ।

प्रधानमन्त्रीको पक्षमा एमाले र माओवादी सहित राजपा, संघीय समाजवादी फोरम र साना दलका गरी २०९ मत आउने निश्चित भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख बाहेक २७४ सांसदले मत दिन पाउछन् । अहिलेसम्म प्रधानमन्त्रीलाई करीव ८० प्रतिशत सांसदको समर्थन रहने देखिएको छ ।

विश्वासको मतका लागि अपरान्ह संसद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएपछि अब २ वर्षसम्म संसदमा अविश्वास प्रस्ताव ल्याउन मिल्दैन । कांग्रेस बाहेक अन्य दलबाट सकारात्मक जवाफ आएको र प्रधानमन्त्रीलाई दुई तिहाई भन्दा धेरै बढी मत आउने नेता नेम्वाङले बताएका छन् । उता नेमकिपाले भने प्रधानमन्त्रीलाई मत दिने या नदिने विषयमा अहिलेसम्म निर्णय गरेको  छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org