ताजा समाचार

‘बोक्सीकाण्ड’का दोसीलाई छाडेको अभियोगमा निमित्त प्रहरी प्रमुख निलम्बनमा परे

काठमाडौं ,२७ फागुन । ‘बोक्सी’को आरोप लगाएर कुटपिट गर्नेहरुलाई कारवाही नगरी छाडेको आरोपमा सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।

प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो ।अर्का बाबा बताउने रामबहादुर चौधरीले बोक्सीको आरोपमा गत बिहीबार २० वर्षीया राधा चौधरीलाई ६ घण्टासम्म लगातार कुटपिट गरेका थिए । सुख्खड प्रहरीले चौधरीलाई पक्राउ गरेपनि स्थानीय जनप्रतिनिधिको दबावमा छाडेको थियो । तर, चौधरीलाई फेरी पक्राउ गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org