ताजा समाचार

सिआइएको प्रमुखमा पहिलो पटक महिला

 

काठमाडौं,३० फागुन । संसारभरि सञ्जाल भएको अमेरिकी जासुसी संस्था९सिआइए०को निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सिआइएकी सहनिर्देशक जिना हास्पेललाई निर्देशक नियुक्त गरेका हुन्।

ट्रम्पले हिजै विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए। सिआइएका निवर्तमान निर्देशक माइक पम्पेओलाई उनले नयाँ विदेशमन्त्री नियुक्त गरेका छन्।

पम्पेओ विदेशमन्त्री बनेपछि रिक्त स्थानमा जिना नियुक्त भएकी हुन्। ६१ वर्षीया जिनाले ३३ वर्षअघि सिआइएमा जागिर सुरु गरेकी थिइन्।

उनका ३३ वर्षे जागिरका धेरै वर्ष जासुसीमा बितेका थिए। यसअघि उनले आतंकवादविरुद्ध लड्ने विभागको पनि नेतृत्व गरिसकेकी छन्।

गत वर्ष ट्रम्पले उनलाई सिआइएकी सहनिर्देशक नियुक्त गरेका थिए। अमेरिकी बन्दीगृहहरूमा दिइएको यातनामा भूमिका रहेको भन्दै डेमोक्र्याटहरुले उनको विरोध गरेका थिए।

उनको नियुक्ति अमेरिकी सिनेटले अनुमोदन गनुपर्नेछ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org