ताजा समाचार

मेयरलाई गोली र खुकुरी प्रहार गर्ने चार पक्राउ

 

धनथडी ,१ चैत । कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली र खुकुरी प्रहार गरेर भागेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर का ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा अन्य ९ जनाको सँलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

गत फागुन २८ गते राति मेयर ममता चौधरीलाई अज्ञात समूहले खुकुरी र गोली प्रहार गरेको थियो । टाउकोमा खुकुरी र कम्मर मुनिको भागमा गोली लागेर गम्भिर घाइते भएका चौधरीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org