ताजा समाचार

निगमले ट्याङ्करमा ‘लकिङ प्रणाली’ लागू गरेसंगै चालकले ढुवानी ठप्प पारे

झापा, १ चैत। नेपाल आयल निगमले औपचारिक रुपमा बुधवारदेखि पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा ‘लकिङ प्रणाली’ लागू गरेसंगै चालकले  ढुवानी कार्य ठप्प पारेका छन् । पेट्रोलियम पदार्थमा चुहावट भएका कारण आयल निगमले लकिङ प्रणाली’को औपचारिक शुभारम्भ गरेको हो ।

पहिलाबाट नै यस कार्यलाई लागू गर्ने सोचमा रहेको निगमले बुधबार झापाको चारालीमा एक औपचारिक कार्यक्रकको आयोजना गरेर मेची अञ्चलमा पेट्रोलियम ढुवानी गर्ने ट्रक र ट्याङ्करमा ‘लकिङ प्रणाली’को औपचारिक शुभारम्भ गरेको थियो । यो कार्यको सुरुवात सरकारले गर्ने निर्णय गरेपछि आयल बोक्ने ट्रक र ट्याङ्करका चालकले सरकारको उक्त निर्णय आफूहरुले नमान्ने भनि ढुवानी ठप्प पारेका छन् ।

पेट्रोलियम पदार्थका ट्याङ्करबाट बाटैमा तेल चोरी बढ्न थालेपछि आयल निगमले त्यसलाई रोक्न लकिङ प्रणाली को प्रयोग गरेको थियो । भारतीय आयल निगमको सिलिगुढी डिपोबाट पेट्रोलियम ढुवानी हुने मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने गर्ने ट्रकरट्याङ्करमा लकिङ प्रणाली लागू गरिएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org