ताजा समाचार

विद्युत् हुकिङबाट रु १८ लाख जरिवाना असुल

राजविराज, १ चैत । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ ।

विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोबाट रु १८ लाख १२ हजार २८१ जरिवाना असुल गरेको उहाँले बताउनुभयो

विद्युत् चोरी गर्ने ३५४ जनामाथि कारवाही गरेर प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले समेत जरिवाना रकम असुलउपर गरेको प्रमुख साहले जानकारी दिनुभयो ।
सो अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न गाउँ, र शहरमा सिधै हुकिङ गरेर प्रयोग गरेका तीन हजारभन्दा बढी व्यक्तिको घरमा हुकिङ हटाइएको प्राधिकरणले जनाएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org