टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा
दमासकस, ५ चैत । सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् ।
उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ ।
टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकूहरु आइतबार सहरको मुख्यभागमा पुगेका थिए । त्यसपछि उनीहरुले आफ्नो नियन्त्रणमा लिएको सहरको मध्यभागमा टर्कीको झण्डा फहराएका बताइएको छ ।
टर्की र सिरियाको सीमावर्ती सहर हो अफ्रिन । यो सहर र वरपरका क्षेत्रबाट वाइपीजी भनिने कुर्द समूहका लडाकूहरुलाई हटाउने लक्ष्य टर्कीले थालेको थियो ।
उक्त क्षेत्रमा रहेका ती लडाकूलाई हटाउने क्रममा गएको दुई महिनाको अवधिमा करिब २८० जना नागरिकको ज्यान गएको थियो । मारिनेमा कुर्द लडाकूहरु पनि थिए र सर्वसाधारण पनि परेका थिए ।
सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्त रुपमा कारबाही थाल्नुभन्दा केही समयअघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले यस्तो कारबाही थालेको बताइएको छ । (रासस÷एएफपी)
Comments
अरु समाचार
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...