नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा
अबुजा, नाइजेरिया, ८ चैत। नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा गरेको यहाँको सरकारले बुधबार पुष्टि गरेको छ ।
बोको हराम समूहले उच्च अध्ययनका लागि नाइजेरियाली उत्तरी शहर दाप्चीस्थित एक क्याम्पसबाट उनीहरूलाई अपहरण गरेको थियो ।
सूचना तथा सस्कृति मन्त्री लाई मोहम्मदले अपहरित छात्राहरूको रिहाइबारे बताउनुभयो, सबै ७६ जना किशोरीहरूलाई स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे रिहाभएका छन् । उनीहरूलाई रिहा गर्न सरकारले अनौपचारिक प्रयास गरेको मन्त्री मोहम्मदले बताउनुभयो । उहाँले थप्नुभयो, “देशका केही साथीहरूको सहयोगमा विनाशर्त मुक्त उनीहरूलाई मुक्त गरिएका छ ।”
मोहम्मदका अनुसार उनीहरूको रिहाई विना कुनै शर्त भएको बताउनुभयो । किशोरीहरू आतङ्कवादीको जालमा फसेका थिए तर सरकारले हिंसारहित उपाय अवलम्बन गरेर उनीहरूलाई रिहा गराउन सरकार सफल भएको छ ।
रिहा भएका सबै किशोरी अहिले सुरक्षित अवस्थामा आफ्ना अभिभावकका साथमा रहेका सरकारको प्रवक्तासमेत रहेका मन्त्री मोहम्मदले बताउनुभयो ।
कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाएका थिए । छात्राहरू कमजोर र थकित देखिएका प्रत्यक्षदर्शी अभिभावकले सिन्ह्वालाई बताए । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...