ताजा समाचार

न्यायालयमा भ्रष्टाचारमुक्त हुन्छ ः कानूनमन्त्री तामाङ

काठमाडौं ८ चैत। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायालयमा व्यापक भ्रष्टाचार भएको गुनासो आइरहेको भन्दै आफू्ले भ्रष्टाचारमुक्त न्यायालय बनाउन विशेष पहल थाल्ने बताएका छन् ।

रिपोर्टस क्लबले बिहीबार गरेको साक्षात्कारमा मन्त्री तामाङले भने ‘पीडित भन्दा पीडकले बढी फाइदा लिएको गुनासो छ, यो गुनासो धेरै ठूलो छ, पीडकले उन्मुक्ति पाउने स्थितिको अब अन्त्य गर्नुपर्छ’।

तामाङले न्याय परिषद ऐनकै एउटा दफा संशोधन गरेर न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउने बताएका छन् ।

‘अहिलेसम्म न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था थिएन, अब सम्पत्ति अनिवार्य रुपमा सार्वजनिक गर्ने कानूनको व्यवस्था गर्छु, सम्पत्ति विवरण बुझाएरमात्रै हुँदैन, सार्वजनिक नै गर्नुपर्छ’ उनले भने । सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउँदा आउने जस्तोसुकै दबाब थेग्न आफू तयार रहेको कानुनमन्त्री तामाङले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org