ताजा समाचार

खेल्ने क्रममा ढुंगाले हानेर ५ वर्षीया बालिकाको हत्या

पाेखरा,१२ चैत ।पोखरा लेखनाथ महानगरपालिका(९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका – निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका छन् ।

खेल्ने क्रममा घर नजिकै रहेको वर्कसप ‘निट एण्ड क्लिन सर्भिस प्वाइन्ट’मा काम गर्ने किशोर आए । एकछिन सँगै खेलेपछि पुन थरका किशोर र बहिनी विहानी वर्कसप भन्दा केही पश्चिमबाट दक्षिणतर्फको बाटो लागे । विहानीका दाजु भने घर फर्किए ।
राति ८ बजेसम्म पनि विहानी घरमा नफर्केपछि उनको खोजी सुरु भयो । सुरुमा त आमालाई खेल्न गएकी छोरी केहिबेरमा फर्किन्छिन भन्ने थियो तर रातिसम्म घर नफर्केपछि प्रहरीलाई समेत खबर भयो ।

त्यस क्रममा विहानीका दाजुबाट बहिनीसँग वर्कसपमा काम गर्ने पुन थरका किशोर रहेको थाहा भयो । र, उनलाई प्रहरीले केरकार गर्ने वित्तिकै उनले हत्या गरेर शव पुरेर आएको खुलासा भयो । साँझ ७ बजे हराएकी विहानीको शव राति १० बजे भेटिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org