ताजा समाचार

एकजना कम भएर एकता हुन्न : प्रचण्ड

काठमाडौं १२ चैत । माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् ।

 विद्यार्थी संगठनका नेताहरुलाई सोमबार प्रशिक्षण दिँदै प्रचण्डले एक जना पनि कम भएर एकता नहुँने बताएका हुन ।

प्रचण्डले भने “संगठन पार्टी एकताको एक पेचिलो प्रश्न हो, यसमा केही गलत समाचार बाहिर आएका छन् , कुरा स्पष्ट के छ भने संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन, बराबर नभए एकता नै हुँदैन ।”

यस अघि माओवादीको ९९ र एमाले २०६ जनालाई समेटेर ३५० जनासम्मको केन्द्रीय समिति, १०० सयको आसपासमा पोलिटव्यूरो र ३५ जनाको स्थायी समिति बनाउने गरी छलफल चलेको विभिन्न सञ्चार माध्यामहरुमा आएको थियो ।
यही समाचारलाई लिएर प्रचण्डले आज फिप्टी फिप्टीको सुत्र अगाडि सारेका हुन् ।

प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको पनि दावी गरेका छन् । सो प्रशिक्षणमा प्रचण्डले दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको पनि सुनाएका छन् ।

महाविधेशनसम्म दुवै पार्टीका अध्यक्ष नै अध्यक्ष रहने र आलोपालो बैठकको नेतृत्व गर्ने सिद्धान्त बनाइएको छ’ प्रचण्डले भने । प्रचण्डले हतारमा पार्र्टी एकता नहुँने समेत बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा भैरहदा प्रचण्डले सवै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने बताएका हुन् ।

यस अघि दुई पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org