ताजा समाचार

पर्वतमा वडा सदस्यको घर जल्दा रु १५ लाखको क्षति

 

 

फलेवास, पर्वत, १३ चैत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ ।

भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो ।

पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

उक्त आगो राति अबेर प्रहरी चौकी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । आगालागीको कारण भने खुल्न सकेको छैन ।

गर्मी बढेसँगै भाइरलका बिरामी बढे

यसैबीच, गर्मीयाम शुरु भएसँगै पर्वतमा भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढेका छन् । बदलिँदो मौसमका कारण भाइरलका बिरामी बढेको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ ।

जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org