ताजा समाचार

नयाँ शक्ति पार्टी दूध भएकोले पानी बराबरका पार्टीहरुसँग एकता नगर्ने : बाबुराम भट्टराई

नेपालगञ्ज ,१३ चैत, । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त प्रशिक्षणात्मक कार्यक्रममा बाेल्दै  नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका  भएका  पार्टीहरुसँग एकता गरेर  नजाने बताएका छन् ।

नेपालगञ्जमा नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रम भएकाे हाे

हामी दूध भएकाले पानीसँग मिसिन जादैनाै भन्दै डा . बाबुराम भट्टराईले  थपे ‘‘बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ  तर, पानीमा मिसिन जान सकिँदैन ।’

उनले एमालेसँग  गरेकाे  माओवादीको एकता आत्महत्या भएकाे बताए ।

राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्तिको जन्म भएको भन्दै  उनले  थपे, ‘संसार गतिमा छ, विचार र पार्टी पनि गतिमा हुन्छ, त्यसैले क्रान्ति कहिल्यै पूर्ण हुँदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org