ताजा समाचार

एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुने : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुने बताएका छन्।राजधानीमा अायाेजित एक कार्यक्रममा बाल्दै मन्त्री पण्डितले  महिना दिनभित्र स्थानीय तहअन्तर्गत सबै वडासम्म कर्मचारी व्यवस्थापन हुने  बताएका हुन् ।

एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ,’ मन्त्री पण्डितले भने, ‘ कर्मचारीले काम गर्ने वातावरण मिलाउने काम जनप्रतिनिधिको काम हो।’

मन्त्री पण्डितले ठगेर/ढाँटेर बिदा मिलाउने र काठमाडौंकेन्द्रीत हुने कर्मचारीलाई हाजिरीको व्यवस्था गर्ने कार्यालय प्रमुखलाई नै कारबाही गर्नेसमेत बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org