संसदद्वारा शोक प्रस्ताव पारित
काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गत ६७ वर्षको उमेरमा निधन भएको थियो ।
लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता एवं समाजसेवी स्व खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको अर्को बैठक अपराह्न ४ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...