ताजा समाचार

विल गेट्सबाट हामिले सिक्ने कुरा 

सफ्टवेयर कम्पनीका मालिक गेट्स सफलता हात पार्ने मामिलामा कमजोर छैनन् । बिजनेस क्षेत्रमा विल गेट्सबाट थाहा पाउन सकिने कुराहरू अत्यन्तै धेरै छन् । उनीबाट सिक्नुपर्ने केही कुराहरू तल दिइएको छ–

१) ठूलो उद्देश्य– बिल गेट्सले माइक्रोसफ्टको विकास गर्लान् भनेर धेरैलाई विश्वासै थिएन । तर, गेट्स र उनका साथी पल एलेनले यो प्रोग्रामको विकास गरे । उनीहरूले यसलाई अति छिटो विकास गरेर एमआईटीएसलाई बुझाएका थिए । उनीहरू आफ्नो योजनामा सफल बनेका थिए ।

२) सफलताबाट विमुख नहुनुहोस्– विल गेट्सबाट सिक्नुपर्ने एउटा महत्ववपूर्ण पाठ भनेको विगतको सफलतालाई हेर्ने क्षमता हो । उनले एकपटक भनेको थिए, ‘सफलता एउटा खराब शिक्षक हो । यसले स्मार्ट मान्छेहरूलाई म हार्न सक्दिन भनेर सिकाउँछ ।’ हामीले अगाडिका सफलताहरूको प्रकृतिलाई बिर्सन नहुने तर्क राख्छन् विल गेट्स ।

३) अगाडिको कुरा सोच्ने– विल गेट्स अगाडिको समयलाई लिएर खुबै सोच्छन् । आफ्नो भविष्यलाई अभैm उत्कृष्ट कसरी बनाउने भनेर योजना बनाउँछन् । माइक्रोसफ्ट प्रोग्रामको विकास गर्दा होस् या अन्य काममा हात हाल्दा, उनी अरूभन्दा अगाडि नै हुन्छन् । अहिले उनी समाजसेवामा पनि लागेका छन् । फाउन्डेसन नै खोलेका छन् । उनले संसारलाई प्रभावित पारेका छन् ।

४) समयको महत्व बुझ्ने– बिल गेट्सले एक पटक भनेका थिए, ‘तपाईंसँग जतिसुकै पैसा होस्, त्यसले तपार्इं समय किन्न सक्नुहुन्न ।’ उनले समयको महत्वव बुझेका छन् । कसरी उचित ढंगले समय विभाजन गर्ने, कुन कामलाई प्राथमिकता दिने भन्नेबारेमा उनी सचेत छन् । आवश्यक नपरेका कार्यक्रमहरूमा उनी सहभागी हुँदैनन् । बरु आफू नजिकका मानिसहरूसँग उनी कुराकानी गर्न रुचाउँछन् । एआईबी डट ईयूबाट साभार

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org