बन्दुकधारीद्वारा निर्वाचन कर्मचारी अपहरित, कागजपत्रमा आगजनी
हेरात, अफगानिस्तान, ५ वैशाख।अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् ।
अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुईजना कार्यालयमा सुरक्षामा खटिएका प्रहरी रहेका छन् । अपहरणकारीहरूले कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काजगपत्रहरूमा आगजनीसमेत गरेको समाचारमा जनाइएको छ ।
अफगानिस्तानको घोर प्रान्तमा रहेको एउटा कार्यालयमा बन्दुकधारीहरूले मंगलबार आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् ।
लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा आउँदो अक्टोबर २० तारिखका दिन संसदीय निर्वाचन हुन लागेको छ ।
“मतदाताहरूको नाम दर्ता गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले अलियार जिल्लामा रहेको स्वतन्त्र निर्वाचन आयोगको कार्यालयमा आक्रमण गरेर कर्मचारीहरूलाई अपहरण गरेका छन्”, प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद इक्वाल निजामीले एएफपीसँग भन्नुभयो ।
सरकारी अधिकारीहरूले घटनामा तालिवानी लडाकूहरू संलग्न भएको आरोप लगाएका छन् ।
प्रवक्ता निजामीले अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारीहरू र दुईजना प्रहरी रहेको जानकारी दिनुभयो ।
घटनाका बारेमा तत्काल अनुसन्धान शुरु गरिएको र घटनामा संलग्न तथा अपहरितहरूको खोजी अभियान चलाइसकिएको उहाँले जानकारी दिनुभयो । (रासस÷एएफपी)
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...