ताजा समाचार

विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द

 

 

रामपुर, पाल्पा, १३ वैशाख। पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ ।

सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सो ठाउँका अभिभावक, शिक्षक, जनप्रतिनिधिलगायत सरोकारवालाको समन्वय र समझदारीमा सिद्ध प्राविलाई बन्द गराई यहाँ अध्ययनरत एक मात्र विद्यार्थी अमृत विकलाई छिमेकी विद्यालय भवानी प्राविमा सारिएको स्थानीयवासी एवत सारुले जानकारी दिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org